Ads

युक्रेनी हमलामा २० रुषी मारिए


एजेन्सी\रुसको बेलगोरोद क्षेत्रमा युक्रेनले गरेको हवाई हमलामा कम्तिमा २० जना मारिएका छन् । युक्रेनले लगातार क्षेप्याष्त्र प्रहार गर्दा २० जना रुसी सर्वसाधारणको मृत्यु भएको मस्कोले पुष्टी गरेको छ ।

युक्रेनसँगको सिमा नजिकको रुसी शहरमा गरिएको आक्रमणमा थप एक सय जना घाइते भएका छन् । यो आक्रमणलाई रुस युक्रेन युद्ध सुरु भएयताकै युक्रेनले रुसमा गरेको सबैभन्दा घातक हमला भनिएको छ । युक्रेनी सुरक्षा स्रोतले शनिबार गरेको कारवाहीमा सैन्य पूर्वाधारलाई मात्र निशाना बनाइएको र सर्वसाधारण नागरिकको बसोबास रहेको स्थानमा आक्रमण नगरिएको दाबी गरेको छ ।

रुसले भने आक्रमणमा चेक गणतन्त्रमा बनेका रकेटहरुसमेत प्रयोग भएको भन्दै राष्ट्रसंघको सुरक्षा परिषद्मा खबरदारी गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू