काठमाडौं । दाङमा आज बिहान बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । बर्दियाबाट बनभोजका लागि हिँडेका यात्रुहरु बोकेर आउँदै गरेको बस दाङको तुलसीपुरमा दुर्घटना हुँदा २० जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीका अनुसार बर्दियाबाट दाङ आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस आज बिहान राप्ती राजमार्गको अमेलिया–तुलसीपुर सडक खण्डमा पर्ने तुलसीपुर–१३, दमारगाउँमा दुर्घटनामा परेको थियो । घाइतेलाई घटनास्थलबाट उद्धार गरेर तुलसीपुर प्रादेशिक अस्पताल लैजाने काम भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्