Ads

बालकुमारी घटनासम्बन्धमा जाँचबुझ आयोग गठनको गृहकार्य, प्रस्ताव ल्याउन गृहलाई प्रचण्डको निर्देशन


काठमाडाैँ । सरकारले बालकुमारी घटनाका सम्बन्धमा छानबिन गर्न पूर्व न्यायाधीशको अध्यक्षतामा उच्‍चस्तरीय जाँचबुझ आयोग गठनको तयारी थालेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयलाई उच्चस्तरीय जाँचबुझ आयोग गठनसम्बन्धी प्रस्ताव ल्याउन निर्देशन दिइसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जनाएका छन् ।

आइतवार बसेको सत्ता गठबन्धको बैठकमा समेत प्रचण्डले आयोग गठनका लागि भइरहेको तयारीका सम्बन्धमा जानकारी गराएका थिए ।

उक्त घटनाबारे जाँचबुझ गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्व न्यायाधीशको अध्यक्षतामा उच्‍चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सम्बन्धी प्रस्ताव ल्याउन प्रधानमन्त्रीले गृहमन्‍त्री श्रेष्ठलाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीको उक्त निर्देशनपछि सोमबार उक्त उच्चस्तरीय आयोग बन्ने भएको छ। सोमबार बस्ने मन्‍त्रिपरिषद्‍को बैठकले आयोग गठनको औपचारिक निर्णय गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उक्त आयोगले सोमबारदेखि नै कार्य प्रारम्भ गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

Ads

सम्बन्धित पोष्टहरू