Ads

कांग्रेससँग प्रचण्डको अपिल– सरकारका राम्रा कामको स्वामित्व लिन हिच्किचाउनु भएन


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गरेका राम्रा कामको स्वामित्व लिइदिन कांग्रेससँग आग्रह गरेका छन् ।

सोमबार कांग्रेसले आयोजना गरेको मेलमिलाप दिवस कार्यक्रममा उनले घुमाउरो भाषामा कांग्रेस सत्तासाझेदार दल भए पनि सरकारको बचाउमा नलागेको भन्दै असन्तुष्टि पोखेका हुन् ।

उनले भने, ‘सानो पार्टीको अध्यक्ष प्रधानमन्त्री भयो भनेर कांग्रेसले सरकारले गरेको कामको खुलेर स्वामित्व लिन हिचकिचाउन भएन, मेरो आग्रह छ ।’ प्रतिनिधिसभामा ३२ सिट रहेकाे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारकाे नेतृत्व गरे पनि संसदकै सबैभन्दा ठूलाे दल कांग्रेसले २५ सदस्यीय मन्त्रीमण्डलमा ९ जना मन्त्री लिएकाे छ ।

कांग्रेस संस्थापनइतर समूहका नेताहरूले लगातार प्रचण्ड सरकारले राम्रो काम नगरेको भन्दै उनको विकल्प खोज्नुपर्ने बताइरहेका छन् ।

डा. शेखर कोइरालाले त अब प्रचण्ड सरकार परिवर्तन गरिहाल्नुपर्ने अवस्था आएको भन्दै प्रधानमन्त्रीले रिपोर्ट कार्ड देखाउनुपर्ने बताइरहेका छन् ।

यस्तो बेला कांग्रेसकै मञ्चमा पुगेर प्रधानमन्त्रीले असन्तुष्टि पोखेका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू