Ads

४० लाख खोप नष्ट गरिँदै, विधि–प्रकृयाबारे अन्यौल


काठमाडौं । कोरोना महामारीका बेला नागरिकले खोप पाउनका लागि कति हत्ते गरे ? तैपनि सवैले पाएनन् । यस बेला भने नागरिकलाई नहानि राखेको ठुलो मात्रामा खोप नष्ट गर्नु पर्ने अवस्था आएको छ । चीन सरकारले त्यसै दिएको कोरोना भाइरसविरुद्धको सिनोभ्याक खोपको ४० लाख मात्रा प्रयोग नगरी म्याद सकिए पछि नष्ट गर्नु पर्ने अवस्था आएको हो । नेपालमा यति धेरै मात्रामा खोप यस अघि नष्ट गरिएको थिएन ।

समयमा प्रयोग नगरेका कारण ४० लाख मात्रा खोप खेर गएको हो । चीन सरकारको अनुदानमा २०७८ वैशाखमा दुई पटक गरी ४० लाख खोप नेपाललाई प्राप्त भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप प्रयोगमा नआउने देखेपछि एक वर्ष अगाडिदेखि नै पुनः चीन सरकारलाई खोप फिर्ता लिन लागि पत्राचार गरेको थियो । तर परराष्ट्र मन्त्रालयबाट पटक पटक कूटनीतिक पहल गर्दा पनि चीन सरकारले फिर्ता लैजान नमाने पछि नष्ट गर्नु पर्ने अवस्था आएको हो ।
यति धेरै मात्रामा खोप नष्ट गर्नु पर्ने भए पछि कुन विधि र प्रकृयाबाट नष्ट गर्नु पर्ने हो टुंगो लागेको छैन । यस बारेमा विज्ञहरु विच छलफल जारी रहेको छ । नेपालमा ठूलो मात्रामा खोप नष्ट गर्नुपर्ने अवस्था आएको पहिलो पटक हो । प्रयोगमा नआउने स्पष्ट भएपछि विभागले खोप व्यवस्थापनको विषयमा छलफल सुरु गरेको हो ।

बुस्टर डोजका रुपमा प्रयोग गर्न नमिल्ने भएपछि सो खोप अढाई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा यी खोप थन्किएको छ । खोपको म्याद पुस ७ गतेसम्म थियो । अब खोपको म्याद पनि गुज्रिसकेकाले सरकारले नष्ट गर्न लागेको हो । परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा. अभियान गौतमले प्राविधिक कारणले गर्दा खोप प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू