काठमाडाैँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिटको भागवण्डा मिलाउन नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ ।
छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका हुन् ।
बालुवाटारमा भइरहेको छलफलमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरू सहभागी छन् । राष्ट्रियसभा सदस्यको चुनाव माघ ११ गते हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्