काठमाडौ\ कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले बालाजु दुग्ध वितरण आयोजनाको आकस्मिकअनुगमन गरेका छन् । आयोजनाले लामो समयदेखि किसानको भुक्तानी दिन नसकेको, बजार व्यवस्थापन राम्रो नभएको, सरसफाइको अवस्था दयनीय रहेको गुनासो आएपछि उनी अनुमगनका लागि पुगेका थिए ।
मन्त्री भुसालको नेतृत्वमा मन्त्रालयका सचिव डा रेवतीरमण पौडेलसहितको टोलीले गरेको अनुगमनका क्रममा आयोजनाका दुई सय ५१ कर्मचारीमध्ये ८३ जना अनुपस्थित रहेको पाइएको थियो । सो अवसरमा मन्त्री भुसालले आयोजना प्रमुख गणेशकुमार यादवलाई आयोजना सञ्चालन देखिएका बेथितिलाई तत्काल सुधार्न निर्देशन दिए । अनुगमनका क्रममा देखिएका समस्या समाधानमा आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै उनले आयोजनाका सुधारका लागि आवश्यक निर्णय गर्ने जानकारी गराए ।
मन्त्री भुसालले आयोजनामा देखिएका कमीकमजोरी न्यूनीकरण गर्न मन्त्रालयमा आवश्यक अध्ययनपश्चात् पदीय जिम्मेवारी बहन नगर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी समेत दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्