Ads

शितलहरले जनजीवन कष्टकर


जनकपुर\ मध्य तराईमा केहि दिनयता बढेको शितलहर र हुस्सुका कारण जनजीवन कष्टकर बनेको छ । केही दिनदेखि मधेश प्रदेशमा चिसो हावासँगै बढेको कठ्यांग्रिदो चिसो र विहानैदेखि दिनभरि लागिरहेको शीतलहर र हुस्सुका कारण सर्वसाधारणहरु प्रभावित भएका हुन् ।

विहानैदेखि परेको हुस्सुका कारण स्कुले बालबालिका अझ बढी प्रभावित भएका छन् । बाक्लो हुस्सु लागेर शितलहर चलेपछि बालबालिका, वृद्धवद्धा र अशक्तहरु सबैभन्दा बढी प्रभावित भएका छन् ।

चिसोबाट बच्न स्थानीय निकायले आगो ताप्ने र न्यानो लुगााको प्रबन्ध नहुँदा थप कष्ट भोग्न बाध्य भएको स्थानीय बताउछन् । चिसो बढेपछि तराईका बजार क्षेत्रमा पनि मानिसको चहल पहल घटेको छ। यस्तो मौसममा न्यानो कपडा लगाउन तथा तातो र झोलिलो खानेकुरा खान सुझाव दिएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू