Ads

सुलेलेमानीको चिहान नजिकै भएको विस्फोटमा ९५ जना मारिए


एजेन्सी\ इरानका जनरल कासिम सुलेमानीको चौथो स्मृति दिवसका दिन उनको चिहान नजिकै भएका दुईवटा विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या ९५ पुगेको छ । हिजो भएको विस्फोट लगत्तै कम्तीमा ७३ जनाको ज्यान गएको पुष्टि भएको थियो ।

सुलेमानीको स्मृति दिवसमा केरमन सहरको साहेब अल–जमान मस्जिद नजिकै विस्फोट भएको हो । घटनामा अरु एक सय ५० जनाभन्दा धेरै घाइते भएका छन् । सन् २०२० मा छिमेकी इराकमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका सुलेमानीको सम्झनामा आयोजित समारोहमा सयौँ मानिसहरू चिहानतर्फ जाँदै गर्दा विस्फोट भएको बीबीसीले जनाएको छ ।

सुलेमानीलाई इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेइपछि सबैभन्दा शक्तिशाली व्यक्तित्वका रूपमा हेरिन्थ्यो । सन् २०२० मा उनको हत्याको आदेश दिने तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुलेमानीलाई विश्वकै एक नम्बर आतङ्ककारीको संज्ञा दिएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू