Ads

पशुपतिको दर्शन गरि भेटघाट शुरु


काठमाडौ\ नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा.एस जयशंकर आज विहानै देखि व्यस्त भएका छन् । उनले आज बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार काठमाडौँ आइपुगेका जयशंकरले बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेर भेटघाट शुरु गर्दै छन् । पशुपति दर्शनका क्रममा उनले पशुपतिमा पूजाआजा गर्नुका साथै रुद्राक्षको वृक्षरोपणसमेत गरेका छन्।

जयशंकरले बिहीबार काठमाडौँमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका थिए। नेपाल भ्रमण सकेर आजै दिउँसो उनी विशेष विमानमार्फत स्वदेश फर्किने कार्यक्रम छ।

Ads

सम्बन्धित पोष्टहरू