Ads

सशस्त्र प्रहरीमा खुल्यो २८८ जनाको लागि जागिर


काठमाडौं । सशस्त्र प्रहरीले विभिन्न २८८ वटा रिक्त पदहरु पूर्ति गर्नका लागि दरखास्त आव्हान गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै दरखास्त दिन आव्हान गरेको हो ।

सशस्त्र प्रहरी बल भर्ना तथा छनोट शाखा, हलचोकले ९९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर), ९८ जना प्रहरी सहायक निरीक्षक (असई) ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि दरखास्त आह्वान गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले माघ १० गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । प्रहरी निरीक्षकका लागि २१ वर्ष पुरा भई २५ वर्ष ननाघेको र सहायक निरीक्षकको लागि २१ वर्ष पुरा भई २३ वर्ष ननाघेको हुनु पर्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू