काठमाडाैँ । राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बिहीवार राति पक्राउ गरेको हो ।
प्रतिलिपि अधिकारको उल्लंघन र आपराधिक विश्वासघात गरेको आरोपमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।
प्रहरीका अनुसार यो विवाद टुटलसँगै सम्बन्धित रहेको छ । उनीविरुद्ध शुरूमा प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी परेको थियो । त्यसपछि प्रहरीसम्म पुगेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्