काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक सुरू भएको छ ।
पार्टी मुख्यालयमा जारी बैठकमा राष्ट्रियसभा उम्मेदवारको चयन, सत्ता गठबन्धनसँग भएको छलफललगायतका विषय प्रमुख एजेण्डा छ ।
राष्ट्रियसभामा एमालेले गठबन्धनसँग ६ सीटको प्रस्ताव गरेको छ । टीआरसी विधेयकमा अड्को थापेर राष्ट्रियसभामा एमालेले सीट मागेको गठबन्धनका नेताले बताउँदै आएका छन् । गठबन्धनले भने पहिले समितिबाट पारित गर्नुपर्ने शर्त अघि सारेको छ ।
सचिवालयमा, ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा पनि छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
प्रतिक्रिया दिनुहोस्