Ads

पशुपतिको आरती र दीप प्रज्वलनको कपीराइटसम्बन्धी सूचनामा कोषको असहमति


काठमाडाैँ । पशुपति क्षेत्र विकास कोषले बुढासुब्बा डिजिटल प्रालिसँग सम्झौता भएको भनिएको विषयमा आपत्ति जनाएको छ।

कोषले शुक्रबार एक सूचना जारी गर्दै गंगा आरती र दीप प्रज्ज्वलनको भिडियो खिच्ने विषयमा सामाजिक सञ्जालमा आएका सूचनामा सत्यता नरहेको प्रस्टीकरण दिएको हो।

कोषको नाम र लोगो दुरुपयोग भएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘उक्त सूचनामा कोषको लोगो प्रयोग गरी कोषको नामसमेत राखी सूचना प्रकाशित भएकोमा कोषको असहमति रहेको छ। उक्त सूचना प्रकाशितप्रति कोषको कुनै पनि संलग्नता नरहेको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौँ।’

हेर्नुहाेस् काेषकाे सूचना :

Ads

सम्बन्धित पोष्टहरू