Ads

बरहथवामा कर्फ्युको उल्लंघन गर्दै स्थानीयवासीको प्रदर्शन


काठमाडौं । स्थानीय प्रशासनले सर्लाहीको बरहथवा बजारमा लगाएको कर्फ्यु आदेशको उल्लंघन गर्दै स्थानीयहरुले प्रदर्शन गरेका छन् । स्थानीयहरुले आज बिहानैदेखि प्रदर्शन शुरु गरेका हुन् ।

स्थानीय अस्पतालको स्तरोन्नतीको विषयलाई लिएर शुक्रबार दिउँसो भएको प्रदर्शन हिंस्रक झडपमा परिणत भएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार साँझदेखि बरहथवा नगर क्षेत्रमा कर्फ्यु लगाएको थियो । शनिबार बिहान ८ बजेसम्म जारी गरिएको कर्फ्यु शनिबार पुनः थप गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

शनिबार बिहान ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्मको लागि कर्फ्यु थप गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । शुक्रबार दिउँसो प्रहरीको गोली लागेर ज्यान गुमाएका जयशंकर साहको शव अहिले पनि घटनास्थलमै छ ।

Ads

सम्बन्धित पोष्टहरू