Ads

बालुवाटारमा सत्तारुढ चार दलको बैठक जारी, सिट बाँडफाँटबारे अन्तिम निर्णय लिइने


काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा सीट बाँडफाँड टुंगो लगाउन बालुवाटारमा सत्तारुढ चार दलको बैठक जारी रहेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीका शीर्ष नेताहरु अहिले छलफलमा छन् ।

शनिबार मध्यरात सम्पन्न बैठकले बागमती र गण्डकी बाहेकका प्रदेशमा लगभग सहमति जुटाइसकेको छ । यहाँ नेकपा एसलाई पनि भाग दिनुपर्ने भएकाले अहिले बैठक आह्वान भएको नेताहरले बताएका छन् । आजको बैठकले सहमति जुटाउने एक नेताले बताए ।

Ads

सम्बन्धित पोष्टहरू