Ads

तोलामा ७०० रुपयाँले घट्यो सुनको मूल्य


काठमाडौं । नेपाली बजारमा आज फेरि सुनको मूल्य घटेको छ । कारोबार साताको पहिलो दिन आइतबार स्थिर रहेको सुनको मूल्य कारोबार साताको दोश्रो दिन आज सोमबार भने तोलामा ७०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार २५० रुपयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू