काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् ।
स्रोतका अनुसार खनालले आफ्नो राजीनामा पत्र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई मंगलबार बिहान बुझाएका हुन् ।
सरकारले खनाललाई २०७६ साउन ६ गतेको मन्त्रिपरिषदबाट ५ वर्षे नियुक्ति दिएको थियो।
तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको पालामा नियुक्त उनी आगामी साउनमा बाहिरिँदै थिए।
प्रतिक्रिया दिनुहोस्