Ads

नेपाल दूरसञ्‍चार प्राधिकरणका अध्यक्ष खनालको राजीनामा स्वीकृत


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले खनालको राजीनामा स्वीकृत गरेको हो । खनालले आज नै पदबाट राजीनामा दिएका थिए ।

खनाल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट पाँच वर्षका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू