काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विवादित ‘तपस्वी’ रामबहादुर बम्जनलाई आज पक्राउ गरेको छ।
उनलाई काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।
बम्जनमाथि सर्लाही, नुवोकाट, मकवानपुरका केही मानिसलाई वेपत्ता पारेको आरोप छ । सर्लाहीको आश्रममा बलात्कार गरेको उजुरी छ ।
सीआईबीले लामो समयदेखि बम्जनको खोजी गरिरहेको थियो । पुस २०७६ मा सिन्धुपाल्चोकको इन्द्रवती–६ बाँडेगाउँ तथा असार २०७७ मा कमलामाई नगरपालिका ९ पैरेको आश्रममा छापा समेत हानेको थियो ।
प्रतिक्रिया दिनुहोस्