मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधुर रहने समय छ । कठिन काम पनि साथीको सहयोगले बन्ने देखिन्छ । कृषिजन्य व्यापारिक कार्यमा सफलता मिल्नेछ । आँटेको काम पूर्ण हुनेछ । शत्रु परास्त हुनेछन् ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )सुरुमा कामका कुराले मनमा द्विविधा बढ्न सक्छ । तर पनि पछि काम बन्छ । आम्दानीका स्रोतहरू बढ्नाले मन प्रसन्न रहला । प्रेम सम्बन्धमा विश्वासको मात्रा बढ्नेछ । दाजुभाइको सहयोग पनि प्राप्त हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )कृषि र व्यवसायमा उन्नति हुनुका साथै अन्य काममा पनि मनग्ये धन कमाउने अवसर जुट्नेछ । शारीरिक दुर्बलता बढ्नेछ । आफन्तजनबाट सहयोग प्राप्त हुनेछ । प्रशस्त धन लाभ हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । वादविवाद होला, होसियार रहनु होला । स्वास्थ्यमा बाधा उत्पन्न होला, नयाँ कार्यको थालनी गर्ने अवसर मिल्न सक्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )नयाँ नोकरी पाउने वा पुरानो काममा पदोन्नतिको सम्भावना छ तर आत्मीयजनसँग बिछोड होला । पारिवारिक सद्भावले कार्यमा सफलता मिल्नेछ । विदेशमा गरेको लगानीबाट लाभ मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )आफन्तको भेटले हर्ष बढ्नेछ । सन्तानको सहयोग मिल्नेछ । यात्रामा मन रमाउनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । घर घडेरीको व्यापार व्यवसायमा लाभ मिल्ला । बोलीकै प्रभावले महत्वपूर्ण काम सम्पादन हुने समय छ, धन लाभ होला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )रोकिएका काम बन्नेछन् । व्यापार व्यवसायमा उन्नति हुनेछ । काममा जस पाउने सम्भावना छ । स्वास्थ्यमा सामान्य सुधार आउनेछ । लेखन कार्यमा मन लाग्नेछ । आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)विश्वासपात्रबाट धोका पाइएला । मानसिक चञ्चलता र उत्साह बढ्नेछ तर अप्रिय समाचारले दुःखी बनाउला । आफन्तको भरणपोषणका निम्ति खर्च वृद्धि हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )काममा कठिनाई देखिएपनि अन्ततः खुशी मिल्नेछ । घर जग्गा वा अन्य कुनै स्थिर सम्पत्ति जोड्ने पनि समय छ । धार्मिक कार्यमा संलग्न भइएला । अनुसन्धानात्मक काममा मन जानेछ, सफलता पनि मिल्नेछ । दीर्घकालीन नबनेका काम बन्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )प्रयत्न गर्दा विशेष लाभ पाउनुका साथै अध्ययनका लागि अनुकुल समय छ । ब्यापार पनि फस्टाउनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । अध्ययन अध्यापनको पक्षमा पनि राम्रा प्रगति हुने देखिन्छ । मान सम्मान पद प्रतिष्ठा मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन बेहोर्नुपर्ला । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला । व्यापार व्यवसाय सामान्य रहनेछ । धार्मिक यात्राको योग छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )समाजमा कुरा काट्नेहरू बढ्ने छन् । दैनिक कार्यमा केही समस्याहरू देखिएलान्, सावधान रहनु होला । खर्चिलो यात्रा गर्नुपर्ने देखिन्छ । साथी भाइको सहयोग सामान्य रहनेछ । सानो कामका लागि निकै दौडधुप गर्नुपर्ला ।
प्रतिक्रिया दिनुहोस्