काठमाडाैँ । आज संघीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । बुधबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुनेछन्।
सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच पछिल्लो समय भएका सम्झौताका विषयमा जानकारी गराउने कार्यसूची छ ।
गत शुक्रबार भारतीय विदेशमन्त्री एस. जयशंकरको नेपाल भ्रमणका क्रममा विभिन्न सहमति र सम्झौता भएका थिए । भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको परियोजना सीधै समुदायमा गएर सञ्चालन गर्न सक्ने सम्झौताको विरोध भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्