Ads

तपस्वी बम्जनलाई सीआईबीले गर्‍यो सार्वजनिक


काठमाडौँ । तपस्वी रामबहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सार्वजनिक गरेको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनबाट सीआईबीले उनलाई सार्वनिक गरेको हो । सेतो ज्याकेटमा देखिएका बम्जनलाई हत्कडीसहित प्रहरीले सार्वजनिक गरेको हो । उनी चिन्तित मुद्रामा देखिएका छन् ।

मंगलबार पक्राउ परेका बम्जनको साथबाट प्रहरीले ३ करोड ३४ लाख ३७ हजार ९०६.७ रुपैयाँ बरामद गरेको छ । विभिन्न १७ देशका विदेशी मुद्रासहित उनको साथबाट उक्त परिमाणको नेपाली रुपैयाँ बरामद भएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

उनीविरूद्ध बाल यौन दूराचारको जाहेरी परेको छ। उनी सोही अभियोगमा फरार रहेको र प्रहरीले पक्राउ गरेको ब्युरोले जनाएको छ। उनको घरबाट विभिन्न १७ देशका ३० लाख ९२ हजार चार सय ६ रुपैयाँ बराबरको अवैध मुद्रा बरामद गरेको ब्युरोले बताएको छ।

बरामद गरिएको १७ देशका अवैध मुद्रा र तीन करोड चौतीस लाख नेपाली रूपैयाँ बुधबार ब्युरोले सार्वजनिक गरेको हो। उनलाई आजै अदालतबाट म्याद थप गरी सर्लाही लैजाने तयारी प्रहरीको छ ।

Ads

सम्बन्धित पोष्टहरू