धनगढी । सुदूरपश्चिम प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।
आज प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । विशेषगरी बाजुरा र बझाङमा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ ।
भुवा पर्वको अवसर पारेर बाजुरेली सेवा समाज धनगढीले आजदेखि २८ गतेसम्म धनगढी स्थित रङ्गशालामा भुवाचाली खेल प्रतियोगिताकाे आयाेजना गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस्