Ads

बम्जनलाई सर्लाही अदालतमा उपस्थित गराइयो


काठमाडौं । रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाही उपस्थित गराएको छ ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका एसपी प्रविण धितालका अनुसार, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई बुधबार राति नै सर्लाही ल्याएको थियो ।
अदालत खुल्ने वित्तिकै उनलाई हाजिर गराइएको प्रहरीले जनाएको छ । अदालतमा उनविरुद्ध थुनछेक बहस हुनेछ ।

ब्यूरोले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो । सर्लाहीकी रिता बोटेलाई बेपत्ता बनाएको आरोप उनीमाथि छ। बमजनविरूद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो।

बमजनले लामो समयदेखि तपस्वीको भेषमा सिन्धुपाल्चोक, बारा, सर्लाही र सिन्धुली लगायत विभिन्न जंगलभित्र आश्रम खोलेर बस्थे। उनले आफूलाई ‘भगवान’ हुँ भनेर पनि चिनाउने गरेका थिए।

उनको आश्रममा पुगेका अनुयायीहरूमाथि यौन दुर्व्यवहार, बलात्कार, बेपत्ता पारेको र हत्या समेत गरेको आरोप लागेको हो।  बमजनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता बोटे, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता छन्।

बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता भएका थिए।

Ads

सम्बन्धित पोष्टहरू