Ads

बम्जनमाथिको थुनछेक बहस सकियो, आदेश आजै आउने


काठमाडौँ । बलात्कार आरोप लागेका ‘तपस्वी’ रामबहादुर बम्जनको मुद्दामा थुनछेक बहस सकिएको छ।

यौन शोषण, व्यक्ति बेपत्ता र विदेशी मुद्रा अपचलनको आरोपमा मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँको बूढानीलकण्ठबाट समातेर सर्लाही पठाइएका बम्जनलाई थुनामा पठाइने कि धरौटी वा तारेखमा छाड्ने विषयमा अब केहीबेरमा थुनछेक आदेश हुँदैछ।

विभिन्न जिल्लाहरूमा आश्रम खोलेर अनुयायीलाई बलात्कार, हत्या तथा बेपत्ता पारेको आरोप लागेका बमजनलाई गएराती नै सडकमार्गबाट सर्लाही पुर्‍याइएको थियो।

लामो समयदेखि फरार रहेका बम्जनविरुद्ध २०७७ साल असार २१ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा बम्जनविरुद्ध पक्राउ पुर्जी जारी भएको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।

Ads

सम्बन्धित पोष्टहरू