काठमाडौँ । बलात्कार आरोपमा ‘तपस्वी’रामबहादुर बम्जनलाई अदालतले थुनामा पठाउन आदेश गरेको छ ।
न्यायाधीश विष्णु रेग्मीको इजलासमा बयानपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको हो । जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको थियो ।
यौन शोषण, व्यक्ति बेपत्ता र विदेशी मुद्रा अपचलनको आरोपमा मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँको बूढानीलकण्ठबाट समातेर सर्लाही पठाइएका बम्जनलाई सर्लाही जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको हो।
प्रतिक्रिया दिनुहोस्