Ads

हात्तीको आक्रमणबाट मृत्यु


सुनसरी । सुनसरीमा जंगलि हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका–५ स्थित सिमरवन जंगल नजिकै हात्तीको आक्रमणबाट ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको हो ।

उनी जंगलबाट घाँस लिएर आइरहेका बेला हात्तीले आक्रमण गरेको थियो । सुनसरी प्रहरीका अनुसार, उनको घटनास्थलमै मृत्यु भएको हो । विष्टको शव परीक्षणका निम्ति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको प्रहरीले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू