जनकपुरधाम । वीरगञ्जका मेयर राजेशमान सिंहले नक्कली बुबा बनेर अर्कैकी छोरीलाई नागरिकता दिएको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय पर्साले छानबिन अघि बढाएको छ ।
नागरिकता प्रकरणको छानविन गर्न जिल्ला प्रशासन कार्यालय पर्साले सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालको नेतृत्वमा समिति गठन गरेको हो । उक्त समितिलाई ५ दिनभित्रमा अनुसन्धान प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
मेयर सिंहको एकमात्र श्रीमती र एकमात्र छोरा छन् । तर उनले रुविना श्रेष्ठलाई छोरी बनाएर नागरिकता बनाएको आरोप छ । रुविनाको नागरिकतामा सिंह बुवाको रुपमा सनाखत गरेका छन् ।
रुविनाको नागरिकता तत्कालीन प्रशासकीय अधिकृत षड्कुमार पोखरेलले जारी गरेका थिए । नागरिकता जारी गरिए पनि पेश गरेको कागजात र अनुसूची फारम गायब पारिएको छ । त्यसैले उनलाई पनि बयानका लागि समितिले बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस्