Ads

आज उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुँदै


काठमाडौं । राष्ट्रियसभामा रिक्त रहेका सदस्यका लागि लागेको निर्वाचन कार्यतालिका अन्तर्गत आज उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिदैछ । उमेदवारी फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता लिएसँगै उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।

अन्तिम नामावली प्रकाशन भएपछि भोलि उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगको कार्यालयले जनाएको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेका सदस्य मध्ये १९ जनाका लागि माघ ११ गते निर्वाचन हुँदैछ ।

विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समुदायबाट सदस्यको चयन गरिन लागेको हो । निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एकल रुपमा सवै स्थानमा उम्मेद्वार उठाएको छ । सत्ता गठवन्धनमा रहेका दलहरुले भने १९ जना भाग लगाएर उम्मेद्वारहरु उठाएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू