काठमामडाैँ । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट राप्रपाका निरञ्जनकुमार थापाले उम्मेदवारी फिर्ता लिएका छन्।
१९ सिटका लागि ५२ जनाको उम्मेदवारी परेकोमा ‘अन्य’तर्फ उम्मेदवारी दिएका थापाले उम्मेदवारी फिर्ता लिएकाे निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
लुम्बिनीमा दुई पदको लागि निर्वाचन हुँदैछ । महिला कोटामा नेकपा एमालेबाट तुलसाकुमारी केसी, गठबन्धनबाट नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट विजयालक्ष्मी सिंहको उम्मेदवारी परेको छ ।
त्यस्तै अन्यबाट एमालेका झपेन्द्रबहादुर घर्ती, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र जनमत पार्टीका बालगोविन्द चौधरीले उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशबाट अनिता देवकोटा र कुमार दसौंदीकोे कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो ।
आगामी माघ ११ गते नयाँ सदस्य छान्नको लागि निर्वाचन हुँदैछ । लुम्बिनीमा ८७ जना प्रदेश सभा सदस्य र २१८ पालिकाका जनप्रतिनिधि गरी ३०५ मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस्