Ads

अहिले मन्त्रालय थप्न सकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ


ललितपुर ।  उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयहरुको संख्या घटाउनुपर्ने बताएका छन् । मन्त्रालय थप्ने कुरामा जान नसकिने अडान राख्दै उनले बरु त्यसलाई घटाउनु पर्ने आफूलाई लागेको बताएका हुन्  । उपप्रधानमन्त्री श्रेष्ठले शनिबार ललितपुरमा नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै गर्दा हस्तकला विकास मन्त्रालय बनाउनु पर्ने सुझाव आएपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।

हस्तकलासम्बन्धि छुट्टै विभाग स्थापना गरेर जाने कुरामा भने सरकार सकारात्मक रहेको तर छुट्टै मन्त्रालय बनाउने कुरामा आफ्नो असहमति रहने श्रेष्ठले बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले सरकारले हस्तकला जस्तो तुलनात्मक लाभको क्षेत्रलाई प्राथमिकता दिएर मुलुकको आर्थिक विकासलाई तिब्रता दिन चाहेको उल्लेख गरे । उनले हस्तकला क्षेत्रको विकासका लागि सो सम्बन्धि विश्वविद्यालय बनाउने विषयमा पनि सरकार सम्बन्धित पक्षसँग छलफल गरेर अघि बढ्न तयार रहेको बताए ।

Ads

सम्बन्धित पोष्टहरू