Ads

२०८० पौष २९ गते आइतवार, तपाईको दैनिक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । प्रविधि मार्फत आफन्तसँग भेटघाट हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

वृष ( इवाविवुवेवो )आज महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग पनि देखिन्छन् ।

मिथुन ( काकिकुकेकोहा )आज कुनै समाचारले मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ, तर भीडभाडबाट बचेर हिँड्नु नै उचित हुनेछ ।

कर्कट ( हिहुहेहोडाडिडुडेडो )मन खिन्न हुने स्थिति आउनसक्छ । खानपानमा ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।

सिंह ( मामिमुमेमोटाटिटुटे )आज घरमा शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा चमक र मन प्रसन्न रहला । आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्ला ।

कन्या ( टोपापिपुपेपो )आज प्रणयसम्बन्ध अघि बढ्ने समय रहेको छ । कार्य सम्पादनमा केही सहजता मिल्नेछ । प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ ।

तुला ( रारिरुरेरोतातितुते )काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइन सक्छ ।

वृश्चिक ( तोनानिनुनेनोयायियु )आज नाक तथा घाँटीमा समस्या आउला । राजनैतिक कार्यमा बाधा आउनेछ, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

धनु ( येयोभाभिभुधाफाढाभे )आज राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँ योजना र शुभकार्यको चर्चा चल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनसक्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )आज प्राविधिक कार्यमा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । प्रेम, मित्रता र दाम्पत्य सुखले प्रफुल्लित भइनेछ ।

कुम्भ ( गुगेगोसासिसुसेसोदा )आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । व्यावसायिक नयाँ योजना बन्नेछन् ।

मीन ( दिदुदेदोचा, चि )आज नजिकका व्यक्ति टाडिनसक्छन्, अत: बोल्दा सावधानी अपनाउनु पर्नेछ । आहार विहार प्रति सजगता पनि अपनाउनु पर्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू