Ads

सामुदायीक वनका अध्यक्ष पक्राउ


बारा\ २०७३ सालमा राष्ट्रिय तथा सामुदायिक वन अतिक्रमण गरेको आरोपमा सामुदायिक वन समितिका अध्यक्षसहित दुईवटा ट्रयाक्टर पक्राउ परेको छ । उनलाई आईतबार बारा जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सर्तकता केन्द्रले सम्बन्धित बन कर्मचारीले वन अतिक्रमण भएपनि कार्वाही नगरेको भन्दै स्पष्टिकरण सोधेपछि दुई ट्रयाक्टरसहित समितिका अध्यक्ष पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा निजगढ नगरपालिका वडा नम्बर २ सिगौलस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सिद्धबहादुर थापा र वन अतिक्रमणमा प्रयोग भएको मधेश प्रदेश ०३–००१ त ६९५४ र मधेश प्रदेश ०३–००१ त ५२३१ नं।को ट्रयाक्टर डिभिजन वन कार्यालय बाराले पक्राउ गरिएको हो ।

Ads

सम्बन्धित पोष्टहरू