काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्तिको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका छन् ।
माघे संक्रान्तिको अवसरमा राष्ट्रपति भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने दलका नेतालाई शीतल निवास बोलाएका थिए ।
उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनालगायत सहभागी थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने केही बेरअघि नै आएर फर्किएका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने दिवा भोजमा सहभागी भएनन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र रास्वपाका रवि लामिछानेलगायत नेताहरू दिवाभोजमा सहभागी छन् ।
यसअघि बिहीवार राष्ट्रपतिले प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गरेका थिए । सोमवार शीतलनिवासमा आयोजित दिवा भोज कार्यक्रममा राष्ट्रपति पौडेलले संविधान कार्यान्वयनमा जोड दिए ।
राष्ट्रपति कार्यालय शीतल निवासको कम्पाउण्डमा राउण्ड टेबलमा नेताहरूसँग बसेर राष्ट्रपतिले सम्बोधन गरेका थिए । छलफलपछि नेताहरू दिवाभोजमा सहभागी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्