काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयबाट १३ जनालाई बिदाइ गरिएको छ ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयले माघ १ गतेदेखि लागू हुनेगरी १३ जनालाई बिदाइ गरेको हो ।
बिदाइ गरिएकामा एक स्वकीय उपसचिव, चार स्वकीय सहसचिव, एक स्वकीय शाखा अधिकृत र दुई प्रशासन सहायक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसैगरी दुई कम्प्युटर सहायक, एक कार्यालय सहायक र दुई सवारी चालक छन् ।
प्रधानमन्त्रीले मन्त्रिपरिषद् कार्यालयमा रहेका कर्मचारी कटौती गर्नेसँगै आफ्नो सचिवालय पनि सानो आकारको बनाउने बताएका थिए। त्यसअनुसार सचिवालयका १३ जना कर्मचारी कटौतीमा परेका हुन्।
प्रधानमन्त्रीको सचिवालयमा ५२ जनाको दरबन्दी रहेको छ। जसमध्ये प्रधानमन्त्रीले ३५ जनालाई सचिवालयमा नियुक्ति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्