काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्ने भएकाे छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विवरण लगायतका विषयमा छलफल हुने बताइएकाे छ ।
यस्तै, समसामयिक विषय तथा संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्ससम्बन्धी अहिलेसम्म भएका अध्ययन, विभागहरूको रिपोर्ट लगायत विषय पनि छलफलका एजेण्डा छन् ।
बैठकमा दुई साताअघि पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा गरिएको नारायणगढ–बुटवल ११३ किलोमिटरको विकास आयोजना पदयात्राका विषयमा पनि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्