Ads

पूर्वी तराईमा शितलहर र हुस्सु, विद्यालयहरु बन्द


ईटहरी\ केहि दिनयता पूर्वी तराईमा बाक्लो हुस्सुसँगै शितलहर बढेको छ । जसका कारण जनजीवन कष्टकर बन्दै गएको छ । चिसो बढेकै कारण कतिपय स्थानीय तहहरुले विद्यालय बन्द गराएका छन् । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि शैक्षिक संस्थाहरु बन्द गर्न थालिएको हो ।अत्याधिक चिसो बढेपछि विपराटनगर, इटहरी लगायतका स्थानीय तहहरुले शैक्षिक सस्थाहरु बन्द गर्ने निर्णय गरेका छन् ।

यस्तै मोरङ, सुनसरी र झापाका अन्य पालिकाहरुले पनि बर्खे विदाबाट कट्टा हुने गरि शैक्षिक सस्था बन्द गरेका छन् ।विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्थामा तीन दिन विदा दिने निर्णय गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै महानगरले बुधबारदेखि शुक्रबारसम्म तीन दिन महानगर क्षेत्रका सम्पूर्ण विद्यालय विदा दिने निर्णय गरेको हो ।अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै विदा दिने निर्णय गरिएको महानगरले जनाएको छ ।

केही दिनयता विराटनगरसहित तराईका जिल्लामा शीतलहरसँगै चिसो बढेको छ । विराटनगरको तापक्रम ९ डिग्री भन्दा तल झर्न थालेको छ । चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा असर पुग्ने भन्दै विद्यालय बन्द गर्ने निर्णय गरेको उप महानगरले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू