Ads

पशुपतिकाे सरसफाइदेखि निगमको ऋण भुक्तानीसम्म (पूर्णपाठसहित)


काठमाडाैँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गरेका छन्।

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले १५ पृष्ठ लामो प्रगति विवरण सार्वजनिक गरेका हुन्। मन्त्री किराँतीले १ वर्षमा गरेका कामको विवरण सार्वजनिक गरेका छन्। उनले आफू मन्त्री बनेको एक वर्षको अवधिमा १०१ काम गरेको दावी गरे।

उनले सार्वजनिक गरेको कामको विवरणमा सम्पदाहरूको विशेष सरसफाइ,जहाज खरिद प्रक्रिया अघि बढेको, पर्यटक बढाउन लिजमा विमान ल्याउनेदेखि विमानस्थल निर्माणका काम रहेका छन्।

पहिलो तीन महिनामा सरसफाइ निर्देशिका जारी गरी पशुपतिनाथ मन्दिर र सम्पदाहरुको विशेष सरसफाइ गरेको बताए। ९ महिनाभित्रमा मध्यम खालको काम गरेको र त्यसको परिणाम आउन बाँकी रहेको उनको भनाइ छ।

मन्त्री किरातीले दुर्गम क्षेत्रमा उडान भर्ने साना तीनवटा जहाज खरिद प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए। उनले वि.स. २०१२ बाट ग्राउन्डेड भएको ट्वीनेटर जहाज एकमहिनामा मर्मतसम्भर गरी पुन: उडानमा ल्याउने तयारी भइरहेको बताए। यो सँगै ६ वटा जहाज हुनेछन्।

यसैगरी २३ वटा विमानस्थललाई पूर्णक्षमता सञ्चलनमा ल्याउनेगरी काम भइरहेको बताए। चिनियाँ जहाजलाई निकास दिनेगरी टेन्डर प्रक्रिया अगाडि बढाइसकेको उनको भनाइ छ। उनले पर्यटक बढाउन लिजमा जहाज ल्याउने प्रक्रिया पनि अगाडि बढिसकेको बताए।

Ads

सम्बन्धित पोष्टहरू