Ads

सहकारी ठगीमा रवि लामिछाने र जीबी राईविरुद्ध उजुरी


काठमाडौँ । सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडी रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ ।

सहकारी ठगी प्रकरणमा राई र लामिछाने मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको माग गर्दै नेपाली नागरिकका तर्फबाट युवराज सफलले उजुरी दर्ता गराएका हुन् ।

उनले विभिन्न सञ्चार माध्यममा आएका समाचारलाई आधार मानी लामिछाने र र राई सहकारी ठगीमा मुछिएको उल्लेख गरेका छन् ।

विभिन्न सहकारीको रकम गैरकानुनी ढंगबाट टेलिभिजनमा लगानी गरी हिनामिना गरेको भन्दै उनीहरूमाथि हदैसम्मको कानुनी कारबाहीको माग गर्दै उनले उजुरी दिएका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू