Ads

सांस्कृतिक संस्थानको महाप्रबन्धकमा किरणबाबु पुन नियुक्त


काठमाडाैँ । सरकारले सांस्कृतिक संस्थानको महाप्रबन्धकमा किरणबाबु पुनलाई नियुक्त गरेको छ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सांस्कृतिक संस्थानको महाप्रबन्धकमा सानीभेरी गाउँपालिका– ६ रूकुम पश्चिमका पुनलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

त्यस्तै नरदेवी आर्युवेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपाने र गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरिएको प्रवक्ता शर्माले बताइन्।

Ads

सम्बन्धित पोष्टहरू