Ads

आर्थिक समृद्धिको पहिलो आधार जलविद्युत् : उपप्रधानमन्त्री श्रेष्ठ


काठमाडाैँ । नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक समृद्धिका लागि जलविद्युत् ठूलो आधार भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को २४औँ वार्षिक उत्सव तथा इप्पान डे २०८० समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ऊर्जाबाटै तत्काल आर्थिक समृद्धि सम्भव हुने र सरकारले यसलाई मेरुदण्डको रूपमा लिएको उनको भनाइ छ।

यसैगरी, उनले जलविद्युतपछि पर्यटन, कृषि र पूर्वाधार क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताए । अब निजी क्षेत्र र सरकारले ऊर्जा क्षेत्रमा थप लगानी बढाउनुपर्ने उनको भनाइ छ । त्यसको लागि सरकारले आवश्यक नीति निर्माणसमेत गर्ने र निजी क्षेत्रसँग सहकार्य गर्ने उनले बताए । उनले ऊर्जा क्षेत्रमा सुरक्षाको ग्यारेन्टी गर्न सरकार सकारात्मक भएको बताए ।

यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले जलविद्युत् उत्पादनको एक सय १२ वर्षको इतिहास भए पनि पछिल्लो एक दशकमा महत्वपूर्ण उपलब्धि भएको बताए । पछिल्लो एक दशकमा विद्युतकाे जडित क्षमता आठ सय मेगावाटबाट २९ सय मेगावाट पुगेको उनले जानकारी दिए ।

आगामी १२ वर्षमा सरकारको लक्ष्यअनुसार साढे २८ सय मेगावाट विद्युत् उत्पादन हुने आधार तय भएको उनले बताए । साथै, भारतसँग भएको दीर्घकालिन विद्युत् व्यापार सम्झौताले त्यसको बजार सुनिश्चित गरेको उनकाे भनाइ थियाे । अब त्यो लक्ष्य प्राप्ति गर्न सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने उनले बताए ।

यस्तै, इप्पान अध्यक्ष गणेश कार्कीले जलविद्युत् क्षेत्रको विकासका लागि ऊर्जा दशक र ऊर्जा संकट घोषणा गर्नुपर्ने बताए । झन्झटिलो सरकारी प्रक्रियालाई सरलीकरण बनाउनुपर्नेमा उनले जाेड दिए ।

Ads

सम्बन्धित पोष्टहरू

अमेरिकामा मनाइयो छठ
अमेरिकामा मनाइयो छठ
कार्तिक २३, २०८१