Ads

स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष जोशीको निधन


बझाङ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको निधन भएको छ । उनको बुधबार राति बाजुराको वाइस्थित आफ्नै निवासमा मृत्यु भएको पालिकाले जनाएको छ ।

२०७४ सालमा उनको पाठेघरको क्यान्सरको अपरेसन भएको थियो । गत भदौमा बिरामी भएकी उनको सुरुमा किड्नीमा क्यान्सर देखिएको थियो । किड्नीको शल्यक्रिया गरे पनि क्यान्सरको संक्रमण अन्य अंगमा फैलिएका कारण उनको उपचार सम्भव नभएको गाउँपालिका अध्यक्ष भरत रोकायाले बताए ।

स्वामीकार्तिक खापर गाउँपालिका –४ वाइ निवासी जोशी २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन ।

Ads

सम्बन्धित पोष्टहरू