Ads

गाउँको विकासले दङ्ग छन् पश्चिम दाङका जनता


दाङ । माघ स् पश्चिम दाङलाई जिल्लाको विकट क्षेत्रका रुपमा लिइन्छ । त्यसलाई दाङको ‘कर्णाली’ भनेर चिनाइन्छ । विकासको दृष्टिकोणले पछि परेको त्यो ठाउँमा अहिले भने धमाधम विकास निर्माणको काम भइरहेको छ । दाङको पश्चिम क्षेत्रमा पर्ने बबई गाउँपालिकामा सडक, ढल निकास, खानेपानी, सिँचाइलगायत पूर्वाधारका काम भइरहेका छन् ।
विगतमा खानेपानीको समस्या भएको बबई गाउँपालिकाको जलुके, हुरुमका लागि सिँचाइ र खानेपानीको काम भइरहेको छ । प्रदेश सरकारले सिँचाइका लागि रु १० लाख र खानेपानीका लागि रु २० लाख बजेट विनियोजन गरेपछि  काम अघिबढेको हो । “हामीलाई खानेपानीको निकै समस्या छ, धेरैपटक माग ग¥यौँ, अहिले बजेट परेको छ”, जलुके निवासी रतिराम विकले राससलाई भने, “यो काम पूरा भएपछि हामीलाई धेरै सहज हुनेछ ।”
ढल निर्माण भएको लामो समयसम्म पनि कालोपत्र हुन नसकेको आदर्श नगर हापुरे टोलमा अहिले कालोपत्रको काम अघि बढेको छ । प्रदेश सरकारको रु एक करोड ३० लाख बजेटमा सोही ठाउँमा सडक कालोपत्र भइरहेको छ । बबई–५ स्थित रोल्पालीतरा–जिरायत कुलो निर्माणको काम पनि जारी छ ।
सोही वडाको सिमगैरा–पल्लोतरा सिँचाइ योजनाका रु १० लाख विनियोजन भई  काम अघि बढेको छ । आनन्द नगर टोलमा ढल निर्माण भएको छ भने प्रगतिशील आधारभूत विद्यालयको भवन पनि धमाधम बनिरहेको छ । बबईको विकट क्षेत्र वडा नं १ को जिला, सिमलकुना जोड्ने बबई नदीमा पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार भएको छ ।
बबई गाउँपालिकाले पहिलो पटक सांसद र मन्त्री पाएको छ । लुम्बिनी प्रदेशको अर्थमन्त्रीमा धनबहादुर मास्कीले जिम्मेवारी पाएका छन् ।  पश्चिम क्षेत्रको विकासमा आफू दत्तचित्त भएर लागेको उनले बताउँदै आएका छन् । “पश्चिम क्षेत्र अब कर्णाली रहँदैन, विकट क्षेत्रमा पनि मेरो नजर परेको छ”, उनले भने, “सबै क्षेत्रको विकासका निम्ति बजेट विनियोजन गरेको छु ।”
Ads

सम्बन्धित पोष्टहरू