Ads

बागलुङमा दुर्गा प्रसाईंमाथि हातपात


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात गरिएको छ ।

‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ आएका प्रसाईँमाथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले हातपात गरेका हुन् ।

उक्त स्थानमा प्रसाईं पक्षबाट सभा आयोजना गरिएको थियो । सभामा करिब २०० मानिस सहभागी थिए । सोही क्रममा उनीमाथि हातपात गरिएको प्रहरीले जनाएको छ ।

प्रसाईंमाथि हातपातको आरोपमा बागलुङ–७ का ३७ वर्षीय रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार, गौतमले बागलुङ–२ स्थित धौलागिरि चोकमा जुत्ता पसल गर्दै आएका छन् ।

गौतमलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याई सोधपुछ गरिरहेको बागलुङ प्रहरीले जानकारी गराएको छ ।

Ads

सम्बन्धित पोष्टहरू