Ads

सञ्चारमन्त्री शर्माको कार्यकालको एक वर्षे उपलब्धिमा रासस


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कार्यभार सम्हालेको एक वर्षका अवधिमा मन्त्रालयले आज सार्वजनिक गरेको प्रगति विवरणमा विभिन्न निकायका साथै राष्ट्रिय समाचार समिति ९रासस० बाट यसबीचमा भएका सुधार र पहलकदमीलाई उल्लेख्य कार्यका रुपमा समावेश गरिएको छ ।

मन्त्रालयबाट प्रकाशित प्रगति विवरणको पुस्तिकामा राससबाट मातृभाषा ९राष्ट्रिय भाषा० मा समाचार बुलेटिन प्रकाशन गर्न सुरु गरिएको, ग्राहक सेवा विस्तार गरी सेवा क्षेत्र व्यापक बनाउन सेवाग्राही निर्देशिका पारित गरी लागू गरिएको उल्लेख छ । राससले हालै अवधिभाषामा समाचार प्रकाशन सुरु गरेको छ भने ग्राहक सेवा निर्देशिका पारित गरी नेपाल सरकारमातहतका सबै निकाय, प्रदेश सरकार, स्थानीय तह, गैह्रसरकारी तथा कूटनीतिक निकायलगायतलाई सेवाग्राही बनाउन सकिने व्यवस्था गरेको छ ।

यस्तै जाजरकोट भूकम्पका सन्दर्भमा जाजरकोट, सल्यान, रुकुमपूर्व र रुकुमपश्चिमका सञ्चारमाध्यमका लागि २०८० माघसम्मका लागि निःशुःल्क समाचार सेवा उपलब्ध गराइएको, राससलाई सूचना बैँकका रुपमा स्थापित गर्ने क्रममा रासस स्थापना भएदेखिका सम्प्रेषित सम्पूर्ण समाचार सामग्रीहरुको विद्युतीय अभिलेखीकरण भइरहेको, गणतन्त्र दिवस, २०८० का अवसरमा ‘हाम्रो संस्कृतिः हाम्रो सम्पादा’ विषयक तस्बिर प्रदर्शनी आयोजना गरिएका विषय मन्त्रालयको विवरणमा उल्लेख छ ।

राज्यको समाचार समितिका रुपमा विसं। २०१८ फागुन ७ गते स्थापित राससले हरेक दिन बिहान ६ः०० बजेदेखि राति १०ः३० बजेसम्म नेपाली, अङ्ग्रेजी, अवधि भाषामा समाचर, अन्तर्राष्ट्रिय समाचार, श्रव्यदृष्य र तस्बिरलगायतका सामग्री सम्प्रेषण गर्दै आएको छ ।

Ads

सम्बन्धित पोष्टहरू