Ads

२ करोड सहित अग्रवाल पक्राउ


काठमाडौ । राजस्व अनुसन्धान विभागले २ करोड रुपैयाँसहित कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ।

बिहीबार राति क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मार्दा हुन्डीको २ करोड रकम बरामद भएकाले उनलाई नियन्त्रणमा लिइएको विभाग स्रोतले जानकारी दिएको छ।

बाहिर कपडा व्यापार देखाइए पनि भित्रभित्र सुन, हुन्डी र क्रिप्टो करेन्सीको कारोबारमा संलग्न रहेको विभागको अनुमान छ। राजस्व अनुसन्धान विभागको हिरासतमा रहेका अग्रवालबारे थप अनुसन्धान भइरहेको विभागले जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू