Ads

अदालतले पनि मधेसलाई न्याय दिएन : महन्थ ठाकुर


काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले अहिले पनि राज्यले मधेसी समुदायमाथि विभेद गरिरहेको बताएका छन् ।

१७औँ वलिदानी दिवसका अवसरमा लोपसाको लोकतान्त्रिक वुद्धिजिवी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ठाकुरले भेषभुषा र भाषाका आधारमा राज्यले मधेसी समुदायमाथि विभेद गरिरहेको बताएका हुन् ।

उनले संविधानमा उल्लेख अधिकारलाई प्रयोग गर्दा पनि प्रशासनले मधेसी समुदायमाथि दमन गर्ने गरेको जिकिर गरे । अध्यक्ष ठाकुरले धेरै जनसंख्या भएको मधेसमा कम बजेट विनियोजन गरेको धारणा राखे ।

२०६३ माघ ५ गते प्रथम मधेस आन्दोलनको क्रममा सिरहाको लहानमा रमेश महतो सहिद भएका थिए । त्यसैको सम्झनामा मधेसकेन्द्रित दल र मधेस प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।

Ads

सम्बन्धित पोष्टहरू