काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको २३ औँ स्थापना दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटवल खेलमा सञ्चारकर्मीको टोली विजयी भएको छ ।
बलको प्रधान कार्यालय हलचोक परिसरमा भएको खेलमा सञ्चारकर्मीको समूहले सशस्त्र प्रहरी बललाई एकका विरुद्ध दुई गोलले पराजित गरी विजयी भएको हो । सो अवसरमा बलका महानिरीक्षक राजु अर्यालले विजयी टोलीका खेलाडीलाई मैत्रीपूर्ण खेलमा सहभागिताको प्रमाणपत्र प्रदान गरे ।
यसअघि नेपाली सेना र नेपाल प्रहरीसँग पनि सञ्चारकर्मीको समूहले मैत्रीपूर्ण फुटबल खेलेको थियो । सशस्त्र प्रहरीले यही माघ ९ गते विभिन्न कार्यक्रम गरी २३ औँ स्थापना दिवस मनाउँदैछ । सशस्त्र प्रहरीले सीमा सुरक्षा, दङ्गा नियन्त्रण, दैवी प्रकोप एवम् विपद् व्यवस्थापनमा उद्धार र राहत तथा राजश्व सङ्कलनमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । करिव ३७ हजार जनशक्ति रहेको सशस्त्र प्रहरी बलको महानिरीक्षकमा हाल अर्याल छन् ।
प्रतिक्रिया दिनुहोस्