काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारले माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकेको विरोधमा प्रदर्शन गरेको छ।
आइतबार बिहान थापाथली क्याम्पस नजिकै भेला भएर नेविसंघको काठमाडौँ जिल्ला कार्यसमितिले माइतीघरमा निषेधित क्षेत्र हटाउनुपर्ने भन्दै प्रदर्शन गरेको हो।
अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोसिएको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो । प्रहरी र प्रदर्शनकारीबीच तँछाडमछाडसमेत भएको थियो ।
२ महिनादेखि स्थानीय प्रशासनले बानेश्वर-माइतीघर, बालुवाटार, शीतल निवास, मन्त्री क्वार्टर पुल्चोकलगायत काठमाडौंका विभिन्न क्षेत्रमा जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन र सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको छ ।
विशिष्ट व्यक्तिको निवास कार्यालय रहेको क्षेत्रमा भेला भई धर्ना, जुलुसजस्ता कर्याक्रम गर्दा आपसी शान्ति सुरक्षा भङ्ग हुनसक्ने र नागरिकको सेवा प्रवाहमा असर गर्न सक्ने भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।


प्रतिक्रिया दिनुहोस्